Thursday, February 28, 2008

कविता

बधाई छ तिमीलाई
समयसँगै परिवर्तित तिमीलाई बधाई छ ।
हावाको झोंका सँगै लहरिने तिमीलाई बधाई छ ।
नयाँ जीवनको बधाई अनि सुनौलो भविष्यको शुभकामना ।
पिडा र दुखहरू मलाई पठाऊ, मेरा सुखहरू सबै तिमीलाई ।
लामो छ जीवन विशाल छ संसार, हाँस रमाऊ ।
तिम्रो सुखी र सफल जीवनको हार्दिक हार्दिक शुभकामना ।

१७ फागुन २०६४, ९.२३ विहान