Saturday, June 30, 2007

तिम्रो बाटो

बिघटित मेरो संसरमा
तिमि न्यास्रिन सक्छौ
जहाँ कोठाका भित्ताहरु,
सँधै पर्खाइमा हुन्छन्
त्यहाँ तिम्रा ह्रदय
रुन मात्र खोज्न सक्छ.
छायाँ समेत
भाग्न खोज्ने दुनियाँमा,
तिमीलाई ननिको लाग्न सक्छ.
गन्तव्य वसन्त खोज्ने
तिम्रा पाईलाहरू,
पत्झरको बाटो लागेझैँ लाग्छ.

१६ असार २०६४ बेलुका ५.४५

Sunday, June 24, 2007

kabita

अनुरोध

मोतिदाना ती सानासाना अंखामा,
म अनन्त भाबिष्य खोज्दई छु.

पंगतिबद्धा दांतका लहरमा,
म मेरो शिराको हिमाल देख्छु.

माटोलाई माया गर्ने तिमीमा
म अफ्नई आत्म भेत्छू.

देउ हातहारू,
सम्हाल सपनाहरू,

सच्चा भूमि सन्तान तिमी
साथ देउ भात्काउना,
मनोमानी बन्धन्हारू.

९ असार २०६४
११:०० राती