Saturday, June 30, 2007

तिम्रो बाटो

बिघटित मेरो संसरमा
तिमि न्यास्रिन सक्छौ
जहाँ कोठाका भित्ताहरु,
सँधै पर्खाइमा हुन्छन्
त्यहाँ तिम्रा ह्रदय
रुन मात्र खोज्न सक्छ.
छायाँ समेत
भाग्न खोज्ने दुनियाँमा,
तिमीलाई ननिको लाग्न सक्छ.
गन्तव्य वसन्त खोज्ने
तिम्रा पाईलाहरू,
पत्झरको बाटो लागेझैँ लाग्छ.

१६ असार २०६४ बेलुका ५.४५